सजिलो रियल स्टेट के हो ?

  • Home
  • Blogs
  • सजिलो रियल स्टेट के हो ?
Image not found!

सजिलो रियल स्टेट के हो ?

सजिलो रियल स्टेट के हो ?

 सजिलो रियल स्टेट एक घर, जग्गा तथा फ्ल्याटको अनलाईन रुपमा मार्केटिङ्ग गर्ने प्लेटफर्म हो । नेपालका जुनसुकै ठाउँमा भएका तपाईका सम्पत्तिहरुको निशुल्क तथा शुल्क लिएर विज्ञापन गर्ने यस कम्पनीको मुख्य काम हो ।

सजिलो रियल स्टेटको आवश्यक्ता किन छ ?

 आजको यो आधुनिक डिजिटल युगमा हामी सबैकुरा अनलाइन मै खरिद बिक्री गर्न सक्ने भएका छौँ । तर यति हुँदाहुँदै पनि सबै मानिसको जिवनको एउटा आम आवश्यक्ता घर जग्गा खरिद बिक्री तथा भाँडामा दिने काम ,कोठा खोज्ने काम आदि भने अझै पनि अनलाइनमा जान नसकेको अवस्था छ । यसले तपाईँ हामी सबैलाई हैरान पार्ने गरेको छ । मानौ तपाईँ कुनै ठाउँ जागीर गर्नु हुन्छ या त कुनै व्यवसाय गर्नुहुन्छ , यस्तो अवस्थामा तपाईँलाई कहीँ कोठा भाँडामा लिने या त घर जग्गा खरिद गर्नुपर्यो भने तपाईँ कति दिन धाउनु हुन्छ ? एक ठाउँ गयो आफुले भने जस्तो तथा तपाईको बजेट अनुरुपको पाउनु हुन्न फेरी अर्को दिन गयो त्यस्तै हुन्छ । यसो गर्दा गर्दै तपाईको अमुल्य समय महिनौ दिन सम्म खेर फाल्नु पर्ने अवस्था आउँछ । त्यसैले हामीले हाम्रो अनलाइन प्लेटफर्ममा क्रेता र विक्रेतालाई एकै ठाउँ जोडेर आफ्नो आवश्यक्ता तथा बजेट अनुरुपको घर, जग्गा तथा कोठा खोजिदिने काम गर्छौँ । यसले किन्ने तथा बेच्ने दुवैको समय त बचाउँछ र यो महिनौ सम्म लाग्ने झनझट काम पनि केही बेरमै गर्न सक्छौँ ।

सजिलो रियल स्टेट क कसले चलाउन सक्छन ?

 सजिलो रियल आम सर्वसाधारण देखी लिएर जग्गा व्यवसायी , हाउजिङ्ग कम्पनी, जग्गा ब्रोकर आदि सबैले चलाउन सक्छन ।

सजिलो रियल स्टेट नै किन ?

 सजिलो रियल स्टेट एक समुह बसेर लामो समयको अध्यन पश्चात सुरु गरिएको वेबसाइट हो । यो साइट अन्य अनलाइन साइटको तुलनामा प्रयोगकर्ता मैत्री छ । यो चलाउन एकदमै सजिलो भएकाले जो कोही ले नि यो वेबसाइट चलाउन सक्छन । प्रयोगकर्ताको डाटाको गोपनियताका लागी विशष सुरक्षा मापदण्ड अपनाइएको छ । यसैगरि यसमा श शुल्क गरिने विज्ञापन अन्य अनलाइनको तुलनामा धेरै सस्तो पर्र्ने तथा क्भ्इ त्इइीक का कारण तपाईँको प्रोपटिै सर्च इन्जिनमा माथि देखिएर छिटो बिक्ने सम्भावना हुन्छ ।


test
  • share this post in your media:

Are you looking to buy or sell property?

Click the button and join us. We assure you that we will be your best agent.
Copyright © 2020 SajiloRE | All Right Reserved